काठमाण्डाै – साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।
खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । सोमवार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो ।
पहिलो खेलमा श्रीलङ्का बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले तेस्रो खेल भारतसँग आउँदो आइतवार र अन्तिम खेल बङ्लादेशसँग मङ्गलवार खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को शुक्रवार खेल्नेछन् ।
तस्बिर : एन्फा
प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्