काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गर्दा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । थप २ सय २ जना सक्रमित निको भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९ सय २९ जना पुगेको छ । थप एक लाख १६ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्