कपिलवस्तु । प्राचिन कपिलवस्तु (तिलौराकोट) दरबार भित्रको तिन र कन्थक स्तुप गरि चार स्थानको उत्खनन कार्य सुरु गरिएको छ ।
जापानिज फण्ड ईन ट्रष्ट (जेफीड) फर युनेश्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रको मध्य भागको संरचना परिसर, केन्द्रिय पोखरी र समय माई मन्दिर पछाडीको क्षेत्र तथा डाक्टर कसाईको सहयोगमा कन्थुप स्तुप क्षेत्रको उत्खनन गरिने भएको हो ।
फेब्रवरी २८ सम्म चल्ने उत्खननमा बेलायतको दुरहाम बिश्व बिद्यालय, नेपाल सरकारको पुरातत्व बिभाग, लुम्बिनी बिकास कोष र अन्तरराष्ट्रिय बिज्ञहरुको सहभागीता रहने तिलौराकोट परिसरमा आयोजित कार्यक्रममा जानकारी दिईएको हो ।
उत्खननका साथै सन २०१४ मा जेफिडको सहयोगमा उत्खननका क्रममा भेटिएको उत्तरी गेटको संरक्षण गर्ने योजना रहेको जनार्ईएको छ ।
उत्खनन पछि भेटिएका संरचनाको संरक्षण हुनुका साथै प्रस्तुतीयोग्य बनाईने पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले बताए ।
उनले तिलौराकोट वरिपरिको क्षेत्र अधिकरणका लागी बिभागले यस बर्ष समेत १० करोड बजेट बिनीयोजन गरेको जनाए ।
लुम्बिनी पछि तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गराउनका लागी उत्खनन र अन्वेषणलाई निरन्तरता दिएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बताए ।
भारतिय पुरातत्वबिद देवला मित्राले उत्खनन पछि तिलौराकोटलाई १ हजार ६ सय बर्ष पुरानो मात्रै भएको दाबी गरे पनि पछिल्ला उत्खननले २७÷२८ सय बर्ष पुरानो व्यवस्थित राजधानी भएको प्रमाण फेला परेको उनले जनाए ।
यस अघि महामानब गौतम बुद्धले २९ बर्ष बिताएको स्थान तथा राजा शुद्धोधनको राजधानी प्राचिन कपिलवस्तु (तिलौराकोट) दरबारको मुख्य भाग, केन्द्रिय पोखरीको केहि हिस्सा, पुर्वी, पश्चिमी, उत्तरी र दक्षिणी सुरक्षा पर्खालको उत्खनन कार्य सम्पन्न भै सकेको छ ।
कार्यक्रममा दुरहाम बिश्व बिद्यालयका प्राध्यापक डाक्टर रबिन कनिङ्घम लगायतले उत्खननले प्राप्त हुने उपलब्धी बारे जानकारी दिएका थिए ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्