JanataToday.com

Advertisment

SKIP THIS

भिसाका कारण केही खेलाडी अझै केन्या जान पाएनन्, भोलिको पहिलो खेल अन्योलमा

भिसाका कारण केही खेलाडी अझै केन्या जान पाएनन्, भोलिको पहिलो खेल अन्योलमा

काठमाण्डाै – नेपाल र केन्याबीच भोलि बिहीवारदेखि सुरु हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेल अन्योलमा परेको छ ।

भिसाको समस्याका कारण नेपाली टोलीका केही खेलाडी केन्या नपुगेका कारण खेल हुने/नहुने अन्योल भएको हो । यसबारेमा केन्या क्रिकेट र नेपाल क्रिकेट सङ्घले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । तर नेपाल क्रिकेट सङ्घ क्यानले खेल निर्धारित तालिकामै सुरु गराउने प्रयास भइरहेको जनाएको छ ।

कप्तान सन्दीप लामिछानेसहितका ११ जना खेलाडी केन्या पुगिसकेका छन् भने भिसा समस्याका कारण पाँच जना खेलाडी केन्या जान पाएका थिएनन् । यीमध्ये सोमपाल कामी र विवेक यादव आज बुधवार केन्या प्रस्थान गर्ने र भोलि बिहानसम्म पुगिसक्ने क्यानले जनाएको छ ।

नेपाली टोलीका ट्रेनर अब्दुल सतार, बसिर अहमद, शाहब आलम र आदिल अलामको भने अझै भिसा आएको छैन । नेपालले भोलिदेखि केन्यासँग पाँच खेलको टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ ।

प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij