काठमाडौं : नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिककाे बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ।
माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको नेता गिरिराजमणि पोखरेलले बताए।
महासचिव गुरुङकाे नेतृत्वमा गठन गरेकाे कार्यदलमा नेता पोखरेल र वर्षमान पुन सदस्य रहेका छन्। कार्यदलले सिफारिस भएर आएको सूचीको अध्ययन गरेपछि भोलि बिहान बस्ने बैठकले समानुपातिकको बन्दसूची तयार पार्ने उनले बताए।
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्