रुपन्देहीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

बुटवल
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश कृष्णराम कोईरालाले भैरहवाको बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित जिल्लाका पाँच वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए ।

असोज १५ गतेदेखि २० गते भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन कार्यातालिका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थपना गरिएको उनले बताए ।

प्रतिनिध सभा क्षेत्र नं. २ को कार्यालय बुटवल उपमहानगरको पुरानो कार्यालयमा स्थापना गरिएको छ । यस्तै क्षेत्र नं. ३ को बालमन्दिर भैरहवा , १ को देवदह सित्तलनगर नगरपालिका , ४ को कोटहीमाई गाउँपालिका कार्यालय , ५ को गैडहवा गाउँपालिकाकामा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

असोज २१ गते राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र २३ गते मनोनयन दर्ताको तयारी सुरु भएको निर्वाचन अधिकृत उद्धविर नेपालीले जानकारी दिए ।

निर्वाचन आचारसंहिता यहि असोज १२ गतेदेखि लागू भएको छ ।

प्रकाशित मिति : शनिबार, असोज १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij