गठबन्धनको पक्षमा माहोल बनाउन देउवाको निर्देशन

गठबन्धनको पक्षमा माहोल बनाउन देउवाको निर्देशन

काठमाडौं ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन् । उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन् ।

सभापति देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली कांग्रेस डडेलधुराका दुई दर्जन नेता कार्यकर्तालाई उनले गठबन्धनको पक्षमा माहोल बनाउन पनि निर्देशन दिएका हुन् ।

देउवाको गृहजिल्ला डडेल्धुराको प्रतिनिधिसभा देउवा आफै र प्रदेशमा क मा माओवादीका खगराज भट्ट र ख मा कांग्रेसबाटै उम्मेदवार बन्‍ने भएका छन् । माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उमेदवार बनाउने टुंगो लगाएपछि कांग्रेस नेताहरु देउवालाई भेट्न बालुवाटार पुगको थिए ।

जिल्लाका नेताहरुले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले गठबन्धनमा दाँयाबाँया हुँदैन । तपाईहरुले के भन्न खोजेको ?, ‘प्रधानमन्त्री देउवा झोँक्किएको प्रसंग उल्लेख गर्दै भेटका सहभागी ती नेताले भने, ‘तपाईहरु प्रचारमा गाउँ नगए पनि हुन्छ । बस्नुस् यतै ! काठमाडौं । म चुनाव हार्दा के हुन्छ । हारौंला खगराज पनि हार्लान् ।’

भेटमा सहभागीहरुले माओवादीलाई भोट दिन नसक्ने बताएपछि देउवा आक्रोशित भएका हुन् । देउवाले फेरि भने, ‘मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन । माओवादीले मलाई मार्न गोली हान्या होइनरु हामी मिलेका छौं त, तपाईँहरु पनि मिल्नुस् । राजनीतिमा सधैं एकैनास हुँदैन ।’

प्रकाशित मिति : आइतबार, असोज १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij