सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्। दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको जसपाका प्रवक्ता मनिस सुमनले बताए ।
भोलि विहानसम्म भएपनि सिट बाँडफाँट टुंग्याउने तयारीका साथ छलफल भइरहेको उनले रातोपाटीलाई बताए । साउन २० गतेबाट नियमित जसो छलफल हुँदा पनि गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन ।कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।
यस्तै प्रदेशसभाको सिट बाँडफाँट पनि पेचिलो देखिएको छ । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि सहमतिमा पुग्न कठिन भएको बुझिएको छ ।
प्रकाशित मिति : बुधबार, असोज १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्