काठमाण्डाै – नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । आज शनिवार बिहान काठमाण्डाै काँडाघारीमा रहेकाे आफ्नै निवासमा उहाँकाे निधन भएकाे हाे । घरकै बाथरुममा लडेर उहाँकाे निधन भएकाे हाे ।
परिवारका अरू सदस्य बर्दिवास गएकाले उहाँले घरमा एक्लै हुनु हुन्थ्याे । अहिले ढुंगेलकाे घरमा प्रहरी पुगेकाे छ ।
तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभएकाे थियाे । उहाँ एमालेकाे पोलिटब्युराे सदस्य पनि हुनु हुन्थ्याे ।
तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा उहाँ दुई पटक गरी झन्डै सात वर्ष जेल बस्नुभएकाे थियाे ।
प्रकाशित मिति : शनिबार, असोज २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्