बुटवल
बुटवल–८ मा संचालित श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको अवसर पारेर सामाजिक उत्तर दाईत्व अन्तर्गत ३ दिने कार्यक्रम तय गरि मनाउन शुरु गरेको छ ।
सहकारीले बुधवार बुटवल ७ मा रहेको निलकण्ठ बावा धाममा रहेका ७२ जना बटुकलाई विभिन्न प्रकारका खाद्यान्य सहयोग गरेको छ ।
सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको नेतृत्वमा गएको सहकारीको टोलीले निलकण्ठ बावा धामकी संरक्षक देवमाया भटृराई धामका उपाध्यक्ष चुरामणी पौडेललाई खाद्यान्य हस्तान्त्ररण गरेको सहकारीका सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो । १७ हजार मुल्य बराबरको खाद्यान्य प्रदान गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । त्यस्तै सहकारीले विहिवार सहकारीको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान गर्न ईच्छुक शेयर सदस्य तथा आम नागरिकहरुमा सहभागिताका लागि सहकारीले आह्वान गरेको छ । बिहान साढे सात वजेदेखि रक्तदान कार्यक्रम शुरु हुने छ ।
त्यस्तै सहकारीले मुलुकमा शान्ति सुरक्षा अमनचैनमा अझै सफलता मिलोस र आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन कुनै अप्रीय घटना विना शान्तिपूर्वक सम्पन्न होस भन्दै शुक्रवार दीपावली गर्ने कार्यक्रम तय गरेको सचिव ज्ञवालीले बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्