रुपन्देहीका ९ पत्रकार पुरस्कृत

रुपन्देहीका ९ पत्रकार पुरस्कृत

कात्तिक ।

रुपन्देहीका ९ जना पत्रकार विभिन्न विधाका पुरस्कारबाट पुरस्ककृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभधाका अवसरमा उनीहरु प्ुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरुमा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित ५० हजार नगद राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार यानेन्द्र जीसी,रामप्रसाद आचार्य र रेखा भुसाल पुरस्कृत भएका छन् । यस्तै बुटवल पब्लिक स्कुलको सहकार्यमा स्थापित १० हजार राशीको शिक्षा पत्रकारितता पुरस्कारबाट कपिल ज्ञवाली,चन्द्रकान्त खनाल र पुजा पन्थी पुरस्कृत भएका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा स्थापित ५ हजार राशीको सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार नरेश केसी,प्रकाश न्यौपाने र प्रतिक पौडेलले प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभाका अवसरमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, जिल्ला अध्यक्ष रामराज पोखरेल,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, सिद्धार्थनगरका प्रमुख मोहम्मद इस्तियाक खानले उनीहरुलाई पुरस्कार प्रदान गरेका छन् । सबै पुरस्कार उनीहरुले क्रमश: २०७५,२०७६ र २०७७ सालको पाएका हुन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij