काठमाण्डाै – प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबसँग खेलिरहेको छ।
यस्तै मूलपानीमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले खेलिरहेका छन् । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० वटा टोलीको सहभागिता रहेको छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको लागि १ करोड ५० लाख रुपैयाँको बजेट रहेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्