कांग्रेस निर्वाचन सुरक्षा समन्वय उपसमिति लुम्बिनीको संयोजकमा नेपाल

कांग्रेस निर्वाचन सुरक्षा समन्वय उपसमिति लुम्बिनीको संयोजकमा नेपाल

बुटवल
नेपाली कांग्रेसको निर्वाचन सुरक्षा समन्वय उपसमितिको लुम्बिनी प्रदेशको संयोजकमा प्रकाश कुमार नेपाल चयन भएका छन् ।
“प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९ लाई मध्यनजर गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय निर्वाचन सुरक्षा समन्वय उपसमितिका संयोजक जीतजंग बस्नेतले नेपाली नेपाललाई लुम्बिनी प्रदेश संयोजकमा चयन गरेका हुन् ।

निर्वाचन सुरक्षा समन्वय उपसमितिका संयोजक बस्नेतले सहसंयोजक, सचिवालय सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजक र सदस्यहरु मनोनयन गरि जिम्मेवारी बाँडफाँड गरेका छन् ।

उपसमितिको रुपन्देही संयोजकमा सोम गुरुङ,पाल्पा संयोजकमा मेजर केसी,गुल्मी संयोजकमा भरत मगर,अर्घाखाँची संयोजकमा नारायण खड्का,कपिलबस्तु संयोजकमा खुम बहादुर सिंह (शक्ति),नवलपरासी संयोजकमा सुक बहादुर गुरुङ,दाङ संयोजकमा टीकाराम घर्ती मगर,प्युठान संयोजकमा सनत श्रेष्ठ,रुकुम पूर्वमा नविन पुन,रोल्पा संयोजकमा तिल बहादुर बुढाथोकी,बाँके संयोजकमा बिरेन्द्र बहादुर शाह र बर्दीया संयोजकमा कृष्ण जैसी मनोनित भएका छन् ।

नवगठित केन्द्रीय निर्वाचन सुरक्षा उपसमितिले देशभरका सुरक्षा निकाय तथा संयन्त्रसँग समन्वय गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९ लाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गराउन भूमिका खेल्ने छ । उपसमितिको सहसंयोजकमा गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ चयन भएका छन् भने २४ सै घण्टा स्टाण्डबाई रहने गरी सचिवालयमा ९ जना वरिष्ठ सदस्य तोकिएका छन् ।

सचिवालय सदस्यहरुमा पूर्व सशस्त्र एआईजी सुबोधकुमार अधिकारी, वरिष्ठ पत्रकार एवं महाधिवेशन प्रतिनिधि ईन्द्रबहादुर रिजाल, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, ठानप्रसाद पोखरेल, ई.कमल कार्की, कृष्णजी खड्का, निरन्जन केसी, दिनेश विक्रम शाह र केशव पुरी रहेका छन् ।

संयोजक, सहसंयोजक तथा सचिवालय सदस्यहरुले गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुख एवं सम्बन्धित उच्च सुरक्षा अधिकारीहरु, प्रदेश डीआईजीहरु, नेपाली सेनाका पृतनापति तथा जिल्लास्थित सिडिओ र एसपीहरुसँग समन्वय गरि समग्र सुरक्षा अवस्था बारे जानकारी लिने र आवश्यकता अनुसार परिचालन गर्ने कार्यभार तोकिएको छ ।

त्यस्तै प्रदेश संयोजकहरुले आआफ्नो प्रदेशको सुरक्षा अवस्था, घटना एवं सम्भावित सुरक्षा थ्रेटको तथ्याङक संकलन गरि प्रदेशका सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने तथा सोको रिपोर्ट सचिवालयमा पठाउने क्षेत्राधिकार पाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij