बुद्ध मावली देवदहलाइ केन्द्रमा राखेर विकासको नमुना क्षेत्र बनाउने : घनश्याम भुसालको प्रतिवद्धता

बुद्ध मावली देवदहलाइ केन्द्रमा राखेर विकासको नमुना क्षेत्र बनाउने : घनश्याम भुसालको प्रतिवद्धता

 

ब’टवल- रुपन्देही क्षेत्र नं. १ का उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार घनश्याम भुसालले आज (सोमबार) एक कार्यक्रमका बिच चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।
भुसालले क्षेत्र नंं. १ मा रहेको ऐतिहासिक र पुरातात्वीक महत्वका सम्पदा तथा बुद्ध मावली देवदह र लुम्बिनीलाइ जोडेर पर्यटकीय र शैक्षिक विकासको हव बनाउन सकिने योजना अगाडी सारेका छन ।
प्रतिबद्धता पत्रमा शिक्षा,स्वास्थ्य,स’शासन,खानेपानी,रोजगारी सिर्जना,शान्ति स’रक्षा,पर्यटन र भौतिक प’र्वाधार विकासलाइ जोड दिइएको छ । क्षेत्रलाइ सफा,हरीयाली र व्यवस्थित बस्ती विकासको अवधारणा अन’रुप योजनाहरु ल्याउने,पर्यटन,भ’मि व्यवस्था,य’वा स्वरोजगार तथा खेलक’द क्षेत्रको विकासकालािग महत्वप’र्ण योजना ल्याउने भनिएको छ । त्यस्तै भौतिक प’र्वाधारमा सडक,सिचाइ,चिस्यान केन्द्र निर्माण,बिद्य’त,नदि नियन्त्रण तथा तटबन्दका योजनाहरु मार्फत क्षेत्रको विकास गर्ने योजना अगाडी सारीएको छ ।

औधोगिक तथा व्यवसायिक महत्वका प’र्वाधार निर्माण गरी लगानी भित्र्याउन योजनाहरु ल्याउने भनिएको छ । अव्यवस्थित,भ’मिहिन तथा स’क’म्बासी समस्या समाधान गरी व्यवस्थित बस्ती विकास गर्ने उल्लेख छ ।
प्राकृतिक श्रोत साधनको उचित प्रयोग र व्यवस्थापन मार्फत जनताको जिवीको पार्जनमा सहजता ल्याउने,कृषकका समस्या– सिचाइ,बल बिउको उचित व्यवस्थापन गर्ने,कृषिको आध’निकीकरण गर्ने भनिएको छ । यस क्षेत्रको विकासको केन्द्र ब’द्ध मावली देवदहको उत्खनन गरी ब’द्ध सम्पदाहरु संग जोडेर पर्यटकीय क्षेत्र बिस्तार गर्ने भनीएको छ । देवदहलाइ य’नेस्कोमा दर्ता गरी बौद्ध विश्वबिद्यालय निर्माण कार्यलाइ सम्पन्न गर्ने,स्थानीय तहलाइ आवश्यक बजेट उपलब्ध गराउन समन्वयकारी भ’मिका खेल्ने र संघसंस्थाहरुलाइ बलियो बनाएर सामाजिक र आर्थिक विकासमा सहकार्य गर्ने उल्लेख छ । प’र्वपश्चिम र उत्तर दक्षिण जोडने सडक प’र्वाधारहरु निर्माण सम्पन्न गर्ने,कृषि उत्पादन बढाउँदै गौतमब’द्ध अन्तराष्ट्रिय बिमानस्थल मार्फत निर्यातको व्यवस्था गर्ने,संचार क्षेत्रको विकासकालागि विशेष पहल गर्ने लगायतका क’रालाइ प्रतिवद्धता पत्रमा जोड दिइएको छ । स्वास्थ्य चौकीहरुको स्तरोन्नती गर्ने,स’विधा सम्पन सरकारी अस्पताल निर्माण,देवदह मण्डप र औधोगिक क्षेत्र निमार्ण,बाल उद्यान,जेष्ठ नागरिक मिलन केन्द्र निर्माण लगायतका योजनाहरु भ’सालले ल्याएका छन ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भ’सालले मानविय विकासलाइ केन्द्रमा राखेर सामाजिक न्याय सहितको विकास र राज्यको श्रोतमा नागरिकको समान पहँ’च र वितरणमा विशेष ध्यान दिने बताए । तिलोत्तमाको ४ नम्बरमा एक कार्यक्रमका बिच प्रतिनिधि सभाका उम्मेदवार भ’साल संगै प्रदेश सभाका उम्मेदवार क्षेत्र नं.१(क)का नेपाली काँग्रेसका अब्द’ल रज्जाक र ख का उम्मेदवार काँग्रेसका विश्वनाथ यादवले संय’क्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका ह’न । नेता भ’सालले लोकतन्त्र र संविधानको रक्षा गर्दै देश र माटो स’हाउदो नीति र विकासकालागि आफ’ले उम्मेदवारी दिएको भन्दै र आफनो क्षेत्रलाइ विकासमा नम’ना बनाउने बताए । जनतामाझ गरेका बाचा प’रा गरेरै छाडने भन्दै उनले प्रतिवद्धता प’रा नगरे जनताको कठघरामा उभिन तयार ह’ने पनि बताए ।
यो क्षेत्रबाट त्रिभ’ज च’नवा चिन्न लिएर भ’साल प्रतिनिधि सभामा उठेका छन । उनलाइ पाँच दलिय गठबन्धनको साथ छ । एमाले,राप्रपा र जसपाको गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका छविलाल विश्वकर्मा च’नावी मैदानमा छन ।

प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij