जथाभावी ब्याजदर बढाए बैंक-वित्तीय संस्थालाई कारबाही गरिन्छ: गृहमन्त्री खाँण

जथाभावी ब्याजदर बढाए बैंक-वित्तीय संस्थालाई कारबाही गरिन्छ: गृहमन्त्री खाँण

भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी, श्रमिक, मजदूर र आम नागरिकलाई समस्या पर्नेगरी व्याज वृद्धि नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् रुपन्देहीकाे सियारी गाउँपालिका ६, सर्जुगञ्जमा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाँणले जथाभावी ब्याजदर वृद्धि गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परि मुलुक समस्यामा पर्न सक्ने जनाए । उपयुक्त कारणविना सरकारको निर्देशनविपरीत जथाभावी ब्याजदर बढाएमा कारबाही गर्ने चेतावनी गृहमन्त्री खाँणले दिए ।

आम नागरिकलाई मर्का पर्नेगरी ब्याजदर बढाउँदा कारबाही गर्न कानुनले नदिएमा कानुन समेत संशोधन गर्न सरकार तयार हुने उनले जनाए । यो भन्दा अघिल्लो एमाले नेतृत्वको सरकारको नीतिका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा पाँच दलीय गठबन्धनले जितेपछि सही नीति ल्याएर पुरानै अवस्थामा फर्काउने उनले विश्वास दिलाए ।

वर्तमान गठबन्धन सरकारका कारण उद्योग व्यवसाय समस्यामा परेको नभई अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको खाँणकाे दावी छ । कोभिड-१९ र अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको आर्थिक क्षेत्रलाई सबल बनाउने गरि निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नीति ल्याउने गृहमन्त्री खाँणको भनाई छ । मुलुकभर पाँच दलीय गठबन्धनका पक्षमा लहर आएकाले संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्नेगरि परिणाम आउने उनले बताए ।

 

 

 

प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij