बुटवल । प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितताबारे उठेका प्रश्नको समाधानका लागि सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले राजनीतिक पूर्वाग्रह नराखेर सत्यतथ्य बाहिर ल्याउने बताएका छन् ।
‘अनियमितता भन्ने समाचार बाहिर आएको छ, अब सत्यतथ्य को हो फाइल मगाएर त्यसको प्रकृया हेर्छाैं, प्रकृया र फाइल अध्ययन भर्खरै हेर्न शुरु भएको छ, हामी छिट्टै निश्कर्षमा पुग्छौं’
रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै चौधरीले उनले आफु चढेको स्ट्रोम टाटा गाडि ५ हजार किलोमिटर नगुड्दै सकर भांचिएको बताए ।
नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले गाडि खरिदमा अनियमितता नभएको दाबी गरे ।
‘इटेण्डरमा २ कम्पनीले भाग लिए, पत्रपत्रिकामा बाहिर आएका कुरा सबै सत्य होइनन्, यसमा मलाइ राजनीतिक ढंगले जोडिएको छ, यस्मा मेरो संलग्नता छैन ।’उनले भने ।
उनले सत्तारुढ दलको तर्फबाट यसमा संलग्न जो सुकै भएपनि कडा कारबाहिको माग गरे ।
‘जुन ढंगले मलाइ जोडेर समाचार आए ,राजनीतिक चरित्र हत्या गर्ने गरि समाचार आएको छ ।’उनले भने ।
‘सफल अटो बुटवलको टाटाको डिलर हो, यहाँ सफल अटोको कुनै संलग्नता छैन,’-उनले भने तर समन्वय भएको हो ।’
‘सफल अटोले बेचेको होइन, सिप्रदीले हो, राजनीति गर्नेले चोर डाका पो गर्न हुदैन,कारोबार त गर्नुपर्छ नी ’उनले भने ।
‘प्रकृयाबाट किनेको हो,खसी बोका किने जस्तो मोलतोल गरेको होइन ।२ वटा संस्थाले टेण्डरमा भाग लिए,७३ लाख भित्र दिनसक्ने ले पाए ।’ ढकालको भनाइ छ ।
संघीय समाजबादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले संसद र सरकारका गाडि खरिदमा अनियमितता भएको बिषयका बारेमा यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
सार्बनजिक लेखा समिति छ, यो बिषयमा कडा छानबीन गरेर खास कुरा अघि ल्याउनुस्, जनता समृद्ध हुने हो,नेतामात्र होइन’ उनले भने ।
प्रदेश ५ मा संबृद्धिको सुरुवात भ्रष्टाचारबाट भएकोमा दुख प्रकट गरे । उनले मजदुरका लागि बाम गठबन्धन बनेको भन्दै चुनाबमा भाषणबाजी चलेको भन्दै अहिलको परिस्थिती ठिक बिपरित भएको धारणा राखे ।
पुस २९ गते संसद चल्ने र त्यहाँ पनि संघीय समाजबादी फोरमले प्रश्न उठाउने भन्दै उनले सत्यतथ्य जनताका बिचमा ल्याउन आफुहरुले पनि भूमिका खेल्ने पाण्डेको भनाइ थियो । सरकारलाइ पहिलो गासमै ढुंगा लाएको उनको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्