नेपाल १० विकेटले विजयी

नेपाल १० विकेटले विजयी

बुटवल । थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।

सामान्य ४९ रनको लक्ष्य नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालको जितमा ओपरन काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट रहे ।

सिताले २५ बलमा ३ चौका प्रहार गर्दा काजलले २९ बलमा १ चौका प्रहार गरिन् ।

त्यसअघि एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो ।

उस्का लागि झांग चानले १३, वाङ लुवान्याउ ८,हन लीली ३, ली होयो ७ रन बटुल्न सकेका थिए ।

करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिदा नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिइन् ।

त्यस्तै सिता राना मगरको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ ।

प्रकाशित मिति : शनिबार, पुष २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij