कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाले बराबरी खेल्दै १/१ अंक बाँडेका छन्।
कतारको जानौव रंगशालामा आज भएको पहिलो खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको २९ औँ मिनेटमा जिन–चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनले शुरुवाती अग्रता दिलाए। लगत्तै सर्बियाका स्ट्रेहिन्जा पाभ्लोभिचले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसको ३ मिनेटपछि नै सर्गेज मिलिन्कोविच–साविचले दोस्रो गोल गरेपछि सर्विया खेलमा २–१ को अवस्थामा पुग्यो। दोस्रो हाफमा सर्वियाका अलेक्जेण्डर मिट्रोभिचले अर्को गोल गर्दै खेललाई ३–१ को रोचक मोडमा पुर्याए।
तर सर्वियाको अग्रता धेरै बेर टिक्न पाएन। खेलको ६३ औं मिनेटमा भिन्सेन्ट अबुबाकरले गोल फर्काएपछि खेलमा क्यामरुनले २–३ को रोमाञ्चक अवस्थामा ल्यायो। लगत्तै खेलको ६६ औँ मिनेटमा एरिक मैक्सिम चौपो–मोटिंगले अर्को गोल थप्दै गोल ३–३ को बराबरीमा पुर्याए।
प्रकाशित मिति : सोमबार, मंसिर १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्