बुटवल
नेपाली कांग्रेस रुपन्देहीले पूर्वाधार बिनानै प्रदेशको राजधानी दाङ नसार्न माग गर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
आइतबार अपरान्ह पार्टीका जिल्ला सभापति रामकृष्ण खाण,नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति समेत रहेका नगर प्रमुख खेलराज पाण्डे,सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र शर्मा लगायत पार्टीका प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरूकाे टोलीले बुटवल स्थित लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयका निमित्त प्रमुख सचिव राजेन्द्र थापालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउदै पार्टी सभापति खाँणले हाल अस्थायी मुकाम रहेको बुटवलबाट पुन अस्थायी संरचनामै राजधानी सार्नु उपयुुक्त नहुने भन्दै पुर्वाधार बिना राजधानी सार्ने काम राेक्नुपर्नेमा जाेड दिए ।
भाैतिक पुर्वाधार तयार भएपछि राजधानी सार्ने कुरामा आफुहरूकाे कुनै बिराेध नहुने भन्दै उनलेे हठात रूपमा राजधानी नसार्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे ध्यानाकर्षण गराए ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका पार्टीका नगर सभापति खेलराज पाण्डेले काेराेना महामारी लगायतका अन्य कारणले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा अस्थायीबाट अस्थायी संरचनामा राजधानी सार्दा
अर्थतन्त्र थप कमजोर हुने भन्दै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गरे ।
अहिले सांकेतिक रूपमा ज्ञापनपत्र बुझाएको बताउदै उनलेे जबर्जस्ती गरिए थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिए ।
नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरू निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।
प्रदेश सभाबाट दाङको देखुुरी उपत्यका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णयअनुसार अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न माग अघि सारेको हो ।
प्रदेशको मुकाम कहाँ राख्ने र सार्नेभन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशवासीको दैनिकीसँग जोडिने गरी कानुन निर्माणमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्