JanataToday.com

Advertisment

SKIP THIS

भैरहवामा प्रहरी इनकाउन्टर : मारिए मोस्ट वान्डेट अपराधी साहानी

भैरहवामा प्रहरी इनकाउन्टर : मारिए मोस्ट वान्डेट अपराधी साहानी

भैरहवा । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्।

शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो।

‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौँ’, रुपन्देहीका एसपी हृदय थापाले भने, ‘मोटरसाइकल आएका दुई व्यक्तिले एकाएक प्रहरी उपर फायरिङ्ग गरेपछि जवाफी कारवाहीमा साहानी मारिएका हुन्।’

मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार भएको उनको भनाइ छ। उनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद भएको उनले बताए।

मारिएका साहानी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भुमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए।

राजनितिक दलमा आवद्ध हुनु अघि उनी सीमानाका क्षेत्रको तस्करीमा सक्रिय थिए। कपिलवस्तु जिल्लामा पनि दायर रहेको एक फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उनी फरार भएर भारत पुगेका थिए। उनलाई नेपाल प्रहरीले वर्षौदेखि मोस्ट वान्डेड सूचीमा राखेर खोजी जारी राखेको थियो।

साहानी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौती लगायत मुद्दा रहेका छन्। उनले २०७१ साल भदौ २८ गते भैरहवाका आकाश गुरुङ्गलाई अपहरण गरेका थिए। अपहरण गरेर परिवारसगँ एक करोड रुपैयाँ फिरौती मागेपछि परिवारले दिन नसक्ने बताएपछि नवलपरासीको बर्दघाट जंगलमा असोज ११ गते गुरुङको शव फेला परेका थियो।

घटनामा संग्लन रहेका केही अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। त्यती बेला मारिएका साहानी र हालसम्म पक्राउ नपरेका रामजित हरिजन फरार रहेका थिए। अन्नपुर्ण पाेष्टकाे सहयाेगमा

प्रकाशित मिति : आइतबार, पुष २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij