काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ २ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९९ हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९९ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ स्थिर रहेको छ। चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्