कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाण्डाै – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनु भएको छ । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले २५ मत पाउनुभयो ।

कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नुभएका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा गर्नुभएको हो । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ ।

वि स‍ २०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नु भएको थियो ।  दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति : बुधबार, पुष ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij