दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए ।

विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उनले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताए । आफूले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने उनको भनाइ छ ।

‘आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु’, उनले भने, ‘आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।’ गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उनको भनाइ छ । आफू सञ्चारकर्मी भूमिकामा रहँदा सबैभन्दा बढी काम गर्नुपर्ने जनचासोका विषय गृह मन्त्रालय पाएको र त्यसमा पहल गर्नुपर्ने भएकाले आफ्नो रोजाइमा गृह मन्त्रालय परेको बताए ।

आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताए । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरुपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उनको प्रतिबद्धता छ । साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उनले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताए ।

गृहमन्त्री लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने निर्णय लेखेर ल्याउन मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिए । उनलाई मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।

प्रकाशित मिति : सोमबार, पुष ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij