तराईमा फेरि शीतलहर, सुदूरपश्चिम गण्डकी र कर्णालीको मौसम आंशिकदेखि सामान्य बद्ली

तराईमा फेरि शीतलहर, सुदूरपश्चिम गण्डकी र कर्णालीको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डाै – तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको छ । गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि बाक्लो हुस्सु कुहिरोले ढाकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तराईका जिल्लामा हिजोदेखि मौसम खुलेको छैन । हिजो बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यसअघि केही दिन दिउँसोसम्म हुस्सु कुहिरो लागे पनि बेलुकी पख हट्ने गरेको थियो । यसले गर्दा केही राहत मिलेको थियो । तर, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नबन्दा फेरि शीतलहर चलेको छ । शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत रहन तराई मधेसका बासिन्दालाई मौसमविद्को आग्रह छ ।

शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ ।

यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।

यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ । यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम सामान्यतया सफा नै रहने अनुमान छ । आज काठमाण्डौमा हिजो अस्तिको जस्तै घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । घाम लाग्न थालेसँगै काठमाण्डौमा चिसो कम भएको छ भने तापक्रम पनि बढ्न थालेको छ । काठमाण्डाौको बिहानको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ  ।

प्रकाशित मिति : बुधबार, पुष २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij