बुटवल
बुटवलमा जारी जिल्लास्तरीय अन्तर मावि हिसान फुटसल प्रतियोगिताको उपाधि तिलोत्तमा भलवाडीको सेन्ट जोसेफले जितेको छ । शनिबार बुटवलमा भएको फाईनल खेलमा सिद्धार्थ इङलिस मावि डिंगरनगरलाई ४–० गोल अन्तरले हराउँदै सेन्ट जोसेफले उपाधि उचालेको हो । हिसानमा आवद्ध १९ विद्यालयलाई पछिपार्दै सेन्ट जोसेफले उपाधीसँगै ३० हजार नगद, ट्रफि तथा प्रमाणपत्र हात पारेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा भएको खेलमा सिद्धार्थ इङलिस मावि द्वितीय हुँदै १५ हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ । सेन्ट जोसेफका लागि मनिष पुर्जाले तीन र सौरभ थारुले एक गोल गर्दै जित दिलाउन सफल बने । प्रतियोगितामा सर्वाधिक गोलकर्ता मनिष पुर्जा, उत्कृष्ट गोल रक्षक बिशाल जीएम र म्यानअफ दी टुर्नामेन्टबाट अनुप बुढाथोकी पुरस्कृत भएको खेल संयोजक लक्ष्मण अर्यालले जानकारी दिनुभयो । यसअघि भएको खेलमा प्यारामाउण्टलाई चार शुन्यले हराउदै सेन्ट जोसेफ र अक्सफोर्डलाई दुई शुन्यले हराउदै सिद्धार्थले फाईनल यात्रा तय गरेको अर्यालले बताउनुभयो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा ट्रफि वितरण गर्दै हिसान नेपालका केन्द्रीय निर्देशक आरसी आचार्यले संस्थागत विद्यालय शैक्षिक क्षेत्रको विकासमा मात्र नभएर खेलकुदको क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभयो । उहाँले विजयी तथा सफल विद्यार्थीलाई बधाई दिदै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीचको असमानतालाई राज्यले हटाउन आवश्यक रहेको सुझाव दिनुभयो । हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पुष्प घिमिरे, सचिव बाबुराम बन्जाडे लगायतले विजेता विद्यार्थी तथा विद्यालयलाई बधाई तथा शुभकामना दिनु भएको थियो । प्रतियोगिताको उद्घाटन शुक्रबार तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले गर्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्