JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्याेग वाणिज्य संघलाई लुम्बिनी प्रदेश सभाकाे सम्मान

बुटवल उद्याेग वाणिज्य संघलाई लुम्बिनी प्रदेश सभाकाे सम्मान

बुटवल
लुम्बिनी प्रदेश सभाले बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही सहित बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेकाे छ । लुम्बिनी प्रदेश सभाकाे छैठाैं स्थापना दिवसकाे अवसरमा शनिबार प्रदेश सभा परिषर दाङ्काे देउखुरीमा आयाेजित समाराेहमा प्रदेश सभा स्थापनामा उल्लेखनीय याेगदान गरेकाे बुटवल उद्याेग वाणिज्य संघ सहित पश्चिमाञ्चल पेट्राेलियम डिलर्स एशाेसियशन, बुटवल महिला जेसीज र मानव सेवा धर्म समितिलाई सम्मान गरेकाे हाे ।
प्रदेश सभा स्थापना गर्दा यी संघसंस्थाले भवन सहितका पुर्वाधार प्रदान गरेका थिए । जसअनुसार बुटवल उद्याेग वाणिज्य संघकाे सभाहलमा प्रदेश सभा, कार्यालय भवनमा प्रदेश सभा सचिवालय सञ्चालन भएकाे थियाे । त्यस्तै पश्चिमाञ्चल पेट्राेलियम डिलर्स एशाेसियसनकाे भवनमा संसदीय दलकाे कार्यालय, बुटवल महिला जेसीजकाे भवनमा पुस्तकालय र संसदीय दलकाे कार्यालय तथा मानव सेवा धर्म समितिकाे भवनमा विषयगत समितिकाे कार्यालय र परिषरमा पार्किङ व्यवस्थापन गरिएकाे थियाे ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री लिला गिरी र सभामुख तुलाराम घर्ती मगरले कृतज्ञता पत्र सहित दाेसल्ला ओढाएर सम्मान गर्नु भएकाे हाे ।

प्रकाशित मिति : शनिबार, माघ २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij