काठमाण्डाै – राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ ।
देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए । उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका छन् ।
मुख्य प्रशिक्षकका लागि आवेदन दिएकाहरूमध्ये भारतीय मोन्टी देसाई, नेपालकै पूर्वप्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलङ्काकाका धम्मिका प्रसाद, बङ्गलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकाका रसेल क्रेग डोमिङ्गो र न्युजिल्यान्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग क्यानले अन्तरवार्ता लिएको थियो । क्यानले अन्तिममा देसाईलाई नै नियुक्त गरेको हो ।
नेपालले आउँदो फागुन २ गतेदेखि घरेलु मैदानमा विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ । यो शृङ्खलालाई देसाईकाे पहिलो परीक्षाको रूपमा हेरिएको छ ।
प्रकाशित मिति : सोमबार, माघ २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्