JanataToday.com

Advertisment

SKIP THIS

त्रिदेशीय क्रिकेट शृङ्खलामा नामिबियासँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै

त्रिदेशीय क्रिकेट शृङ्खलामा नामिबियासँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नामिबियाले पहिला ब्याटिङको निम्तो पाएको छ ।

हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अङ्ककासाथ छैटौँ स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij