JanataToday.com

Advertisment

SKIP THIS

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधी प्रदिप र अभिलाषालाई

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधी प्रदिप र अभिलाषालाई

बुटवल,
बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको पुरुष÷महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले हात पारेका छन ।

बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधी चुम्न सफल भएका हुन् ।

यता महिला सिगलको उपाधी अभिलाषा बिष्टले चुमिन् । विष्टले माहिका रानालाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेकी हुन् । प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

यसैगरि ३५ वर्ष उमेर समुह पुरुष एकलको उपाधी सन्तोष खत्रीले चुमेका छन् । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधी हात पारे ।

५५ वर्ष उमेर समूह अन्तर्गत पुरुष एकलको उपाधी बिमल गुरुङले हात पारेका छन ।

कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधी चुमेका हुन् ।

प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, नेपाली सेना २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्सेर राणा लगायतले पुरस्कार वितरण गरेको रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij