JanataToday.com

Advertisment

SKIP THIS

यू-१९ विश्वकप एशिया छनोट : नेपालको लगातार तेस्रो जित

यू-१९ विश्वकप एशिया छनोट : नेपालको लगातार तेस्रो जित

१९ वर्षमुनिको आइसिसी विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो खेल जितेको छ।

 

 

आज (सोमबार) भएको खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालले अपराजित यात्रा कायमै राख्दै यू-१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो।

जितका लागि हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभर १ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो।

नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतकीय पाली खेल्दै सर्वाधिक ६४ रनको योगदान गरे। उत्तम रंगु थापा मगरले ३९ रन जोड्दा अर्जुन कुमालले १६ रनको योगदान गरे।

त्यसअघि युएईको मलेक क्रिकेट मैदान अजमानमा टस जितेर पहिले ब्याटिङ थालेको हङकङ ४६ दशमलव ३ ओभरमा अल आउट हुँदै १२० रनमा समेटिएपछि नेपालले सामान्य रनको लक्ष्य पाएको थियो।

हङकङका पार्थ भागवतले ३६ तथा मोहम्मद अलियान जाहिरले २९ रनको योगदान गरे। आहान त्रिवेदीले ११ रन जोडे पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका हेमन्त धामीले सर्वाधिक ३ तथा आकाश चन्द र सुभाष भण्डारीले २/२ विकेट लिए।

नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो।

जारी प्रतियोगितामा ३ खेलमा ३ जित निकालेको युएई ६ अंक सहित शीर्ष स्थानमा छ। ३ खेलमा तीनै जितसहित ६ अंक नै बटुलेको नेपाल नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।

२ अंक सहितसिंगापुर तेस्रो तथा त्यति नै अंक जोडेको हङकङ चौथो स्थानमा छ। कुवेत र मलेसियाले अहिलेसम्म एउटै खेल पनि जित्न सकेका छैनन्।

प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij