बुटवल उद्योग वाणिज्य संघमा होली मिलन

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन कार्यक्रम गरिएको छ । सद्भाव र रङ्हरुको पर्व होलीको पूर्वशन्ध्यामा शनिबार संघको सचिवालयमा होली मिलन कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले होलीको समयमा चोरी चकारी तथा होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विश्वव्यापी कोभिड, आर्थिक मन्दी र अस्थिर सरकारका कारण विकास निर्माणको काम प्रभावित भएको बताउनु भयो । बुटवलमा सडकको दुरवस्था छ । बजेट निकासा नहुँदा सडक निर्माणमा समस्या भएको बताउँदै अझै तत्काल नबन्ने संकेत देखिएको उहाँको भनाई छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले होलीमा उच्श्रंङ्खल गतिविधि र अपराधिक कृयाकलाप पनि जोडिने गरेको बताउँदै त्यस विरुद्ध सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल, संघका सल्लाहकार तथा पूर्वअध्यक्षहरु अर्जुनमान सैजू, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, ससस्त्र पहरी वल मोतिपुरका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पूर्वपदाधिकारी चोपनारायण श्रेष्ठ लगायतले यहाको बर्तमान आर्थिक अवस्थाले व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गर्नु भएको थियो ।
हिरण्यका सिपुका छोरा प्रल्हादलाई बहिनी होलिकाले आगो लगाउदा होलीका आफै जलेर भष्म भएको किंवदन्ती छ । यसै किंवदन्ती अनुसार असत्यमाथी सत्यको जीतको खुसीयालीमा होली पर्व मनाउँदै आएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij