तिलोत्तमामा रहेको जानकीनगर आमा समूहले  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

तिलोत्तमामा रहेको जानकीनगर आमा समूहले  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

तिलोत्तमा  |  तिलोत्तमा नगरपालिका वडा नं तीन मा रहेको जानकीनगर आमा समूहले आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। समूहले बक्तृत्व कला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो । यस बर्षको राष्ट्रिय नारा ” लैंगिक समानताको बलियो आधार, सृजनात्मक प्रबिधिमा महिला पहुँचमा बिस्तार” वीषयमा बक्तृत्व कला कार्यक्रम गरेको हो । समूहका अध्यक्ष मन्जु गौतम को अध्यक्षतामा भएको कार्यक्रममा जानकीनगर आमा समूहका सल्लाहकार रीता शर्मा, कार्यसमिति सदस्य सीता पाण्डे, शान्ति अधिकारी, ईन्दिरा जि सी लगायतले नारी दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो।
प्रतियोगितामा सहभागी १२ जना प्रतियोगीलाई समूहका अध्यक्ष एवं सल्लाहकार बाट प्रशंसा गर्दै आगामी दिनमा समूहले नेतृत्व बिकास तालिम आयोजना गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रम समूहका सचिव कल्पना शर्माको संचालनमा सम्पन्न भएको थियो

प्रकाशित मिति : बुधबार, फाल्गुन २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij