यी स्थानमा आज हल्कादेखि मध्यम वर्षा

यी स्थानमा आज हल्कादेखि मध्यम वर्षा

काठमाडौं : कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। बागमतीको सिन्धुली, मकवानपुर र दोलखा लगायतका ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

 

 

काठमाडौंमा पनि केही ठाउँमा छिटफुट वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार पश्चिमी क्षेत्रमा भने शुक्रबारसम्म उल्लेखनीय मौसमी प्रणाली छैन। त्यसपछि भने पश्चिमी क्षेत्रमा मौसम बदलीसँगै वर्षाको सम्भावना छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। अपराह्नपछि काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : बुधबार, चैत्र ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij