काठमाडौं : सत्तारुढ १० दलीय गठबन्धनको बैठक बुधबार बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिन आज अपराह्नका लागि बैठक बोलाएका हुन्। एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले अपराह्न बैठक बस्ने बताउँदै समय तय नभएको बताए।
बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरूको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा मन्त्रालयको भागबन्डाको विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
चैत ६ गते विश्वासको मत लिएका प्रधनामन्त्री प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।
प्रकाशित मिति : बुधबार, चैत्र ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्