JanataToday.com

Advertisment

SKIP THIS

सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा

सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा

बुटवल । तिलोत्तमा गोल्ड कपको २२ औं संस्करणको जारी प्रतियोगितामा सुदूरपश्चिम(११ फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले थ्री स्टार क्लबलाई १(० गोल अन्तरले पछि पार्दै फाइनलयात्रा तय गरेको हो ।

बुटवल । तिलोत्तमा गोल्ड कपको २२ औं संस्करणको जारी प्रतियोगितामा सुदूरपश्चिम(११ फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले थ्री स्टार क्लबलाई १/० गोल अन्तरले पछि पार्दै फाइनलयात्रा तय गरेको हो ।

जितका लागि फागुराम थारुले खेलको ८६ औं मिनेटमा गरेको एक मात्र गोलनै निर्णायक बनेको हो । खेलक पहिलो हाफमा दुबैतर्फबाट आक्रामक प्रस्तुति हुन सकेन । दोस्रो हाफमा भने केही सुधार गर्दै निरन्तर आक्रमणमा रहेको थ्री स्टारले गोल गर्न सकेन । खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै सुदूरपश्चिम ११ का बिष्णु चौधरीले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे ।

भोलीको दोस्रो सेमिफाइनल खेल मनाङ र्मस्याङदी र फ्रेण्ड्स क्लव बीच हुने प्रतिष्प्रर छ । सुदुरपश्चिम(११ ले उपाधिका लागस यी दुई बिचको बिजेतासँग शनिबार खेल्नेछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij