JanataToday.com

Advertisment

SKIP THIS

संचालक र व्यवस्थापकलाई सहकारी सम्बन्धी प्रशिक्षण प्रदान

संचालक र व्यवस्थापकलाई सहकारी सम्बन्धी प्रशिक्षण प्रदान

बुटवल

६६ औं सहकारी दिवश रुपन्देहीमा विविध कार्यक्रम गरि मनाईने भएको छ । जिल्ला सहकारी संघले जिल्लामा रहेका सहकारीहरुलाइ साताव्यापी कार्यक्रम गरि मनाउन निर्देशन दिएसंग जिल्लामा संचालित सहकारीहरुले विभिन्न गतिविधी बढाएका छन ।

जिल्ला सहकारी संघको परिपत्र अनुसार बुटवलको विसक्याम्पमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले आफना संचालक र व्यवस्थापकलाई सहकारी सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

सहकारीमा देखिएको समस्या र संचालकहरुको काम कर्तव्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको कल्याणकारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताउनु भयो ।

पछिल्लो समयमा एक दुई सहकारीका कारण सिगो सहकारीमा चुनौती थपिएको भन्दै जिल्ला सहकारी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालले वाहिरी जिल्लावाट आएर शाखा मार्फत संचालनमा रहेका सहकारीका कारण समस्या भएको औल्याउनु भयो ।

संचालकहरुलाई प्रशिक्षण दिदै जिल्ला सहकारी सचिव तथा सहकारी विज्ञ दामोदर पंगेनीले सहकारीमा विश्वास घटदै गएको वर्तमान अवस्थामा सहकारीका संचालक र व्यवस्थापकहरुले सहकारीका नियम भन्दा वाहिर गएर काम गर्न नहुने तर्फ सचेत गराउनु भयो । उहाँले सहकारीमा शेयर सदस्यहरु आफै नियमक निकाय भएकाले शेयर सदस्यहरु जिम्मेवार हुन आग्रह गर्नु भयो ।

जेहोस रुपन्देहीमा ५ वटा सहकारी पुरै बन्द र १४ वटा सहकारी संकट ग्रस्त अवस्थामा रहेकाले पनि अन्य सहकारीहरुले समयमै सचेतना अपनाउदा सुरक्षित हुन सहज हुनेकुरामा पंगेनीले जोड दिनु भयो ।

 

प्रकाशित मिति : सोमबार, चैत्र १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij