आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं – आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । अब उक्त बैठक चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

यो बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न भने बाँकी भएकाले खड्काले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

 

मन्त्रालय बाँडफाँटमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सत्ता गठबन्धनमा रहेका १० दलको संयुक्त बैठक बोलाएका छन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij