काठमाडौं – १० दलीय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ ।
१० पृष्ठको उक्त साझा कार्यक्रममा संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन र विकास, संघीय लोकतान्त्रिक गणन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने, देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत र संचरतनागत तथा कार्यगत सुधारलाई पहिलो प्राथमिकता रहेको छ ।
गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने पनि गठबन्धन सरकारको प्राथमिकतामा छ ।
शान्ति प्रकृयालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने प्राथमकितामा उल्लेख छ ।
खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक सबै प्रकारका विभदेका अन्त्य गरी समता, स्वतन्त्रता एवम न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने प्राथमकितामा रहेको छ ।
यस्तै राष्ट्रिय हितको रक्षा एवम जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने उल्लेख छ ।
न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ
प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्