सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

 

सैनामैना-रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।जन्म दर्ता,मृत्यु दर्ता,बसाईसराई,विवाह दर्ता,सम्बन्ध विच्छेद जस्ता विषयमा प्रशिक्षण गराईएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले व्यक्तिगत घटना दर्तालाई प्रभाकारी बनाउन यो कार्यक्रम गरिएको बताएका छ्न ।मानव जीवन संग घटना दर्ता जोडिएको बताउँदै मेयर शर्माले सेवाग्राहीलाई कानुन संवत सेवा दिन आग्रह गरे ।

कार्यक्रममा नगरपालिका उपप्रमुख विना राना मगरले घटना दर्ता गर्दा बुझेर मात्र दर्ता गर्न आग्रह गरेकी छिन् । उपमेयर रानाले ब्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिको लागि घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गएर ब्यक्तिगत घटना दर्ता गर्न अपिल गरिन् ।

नगरपालिकाका कार्यापालिका सदस्यहरु,सरकारी तथा संस्थागत विधालयका प्राध्यानाध्यापकहरु,नगरपालिकाका शाखा प्रमुख बिच भएको सो अभिमुखीकरणको सहजीकरण पञ्जिकरण शाखा प्रमुख केशवराज अर्यालले गरेका थिए ।

प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij