दाङको मसोटमा मिनिबस दुर्घटना हुदा एकजनाको मृत्यु, तीनजना घाइते

दाङको मसोटमा मिनिबस दुर्घटना हुदा एकजनाको मृत्यु, तीनजना घाइते

file photo

दाङ
दाङ घोराहीबाट बुटवलका लागि छुटेको मिनि बस मसोट खोलामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्युु हुनेमा जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे निवासी ३० वर्षिय यमि घर्ती मगर रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी घर्ती मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
शनिवार दिउँसो पौने १ बजे घोराहीबाट बुटवलका लागि छुटेको ना ४ ख ६९५० नम्बरको मिनि बस ब्रेकफेल भई मसोटको घुम्ती नजिकै दुर्घटना भएको हो ।
बसमा सवार मृतकको ५ वर्षीय छोरी आहाना घर्ती मगर, एरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षिय सुरज बस्नेत घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij