प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने सहमति

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने सहमति

काठमाडौं : प्रमुख तीन दलका बैठकबीच संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाउने सहमति भएको छ।

 

सोमबार एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको तीन दलको बैठकले तत्कालै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

आजको बैठकमा लामो समयदेखि न्यायालयको नेतृत्व प्रधानन्यायधीश कामुका भरमा चलेकाले स्थायी नियुक्तिका लागि उक्त बैठकमार्फत टुंगो लगाउने सहमति भएको उनले बताए।

‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको विषयमा प्रधानमन्त्रीजीले स्थायी नियुक्तिका लागि संवैधानिक बैठक बोलाउन पहल गर्नुभयो। प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाक्ने र उक्त बैठकबाट प्रधानन्याधीश नियुक्तिको विषय टुंगो लगाउने सहमति भयो,’ लेखकले भने।

साथै बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ। संसदीय समितिलाई पूर्णता दिन पनि तीन दल सहमत भएको लेखकले बताए।

प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij