प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन

काठमाडौं – प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ ।

बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए ।

कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा कुनै निर्णय नभएको जानकारी दिए । ‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो,’ उनले भने । बैठको अर्को मिति पनि नतोकिएको उनले बताए ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।

प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij