JanataToday.com

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित

एसीसी प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलाे जित निकालेकाे छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलाे जित निकालेकाे हाे ।

साउदी अरेबियाले दिएकाे एक सय ५४ रनकाे मध्यम लक्ष्य मलेसियाले २१ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेटायाे । उसका मुहम्मद आमिरले ५४, विरनदीप सिंहले ५१ र सइद अजिजले नटआउट ३४ रन बनाए । साउदी अरेबियाका जयन यूआई अबिदिनले दुई विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे साउदी अरेबिया ४६ ओभर २ बलमा १ सय ५३ रन बनाउँदा अलआउट भए । उसका हसीब गफूरले ४० र अब्दुल वहीदले ३६ रन बनाए । मलेसियाका खिजर हयातले तीन तथा मुहम्मद वकिफ, रिजवान हैदर र अनवार रहमानले दुई/दुई विकेट लिए ।

याे जितसँगै समूह ‘ए’ मा रहेकाे मलेसियाले दुई अङ्क जाेडेकाे छ । मलेसिया पहिलाे खेलमा नेपालसँग पराजित भएकाे थियाे ।

एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij