‘सुशासनको प्रत्याभुति हुन सके मात्र लोकतन्त्रको सार्थकता हुन्छ’

‘सुशासनको प्रत्याभुति हुन सके मात्र लोकतन्त्रको सार्थकता हुन्छ’

बुटवल-सुशासनको प्रत्याभुति हुन सके मात्र लोकतन्त्रको सार्थकता रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । नेपालमा लोकतन्त्र प्राप्तीको १७ बर्ष पुगेपनि प्राप्त उपलब्धिहरुको रक्षा हुन नसकेको उल्लेख गरे ।

१७ औं लोकतन्त्र दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको राष्ट्रिय उत्सव : लोकतन्त्र दिवस कि जनयुद्ध दिवस ? बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले लोकतन्त्र दिवसमा सार्बजनिक बिदा नदिएकोमा आपत्ती प्रकट गरे ।

नागरिकहरूको प्रवल चाहना शान्ति भएकै कारण २०६२–२०६३ मा जनआन्दोलनको सफलता पश्चात लोकतन्त्र प्राप्ती भएको र शान्ति समाजले खेलेको भूमिकाको प्रशंसा समेत गरिएको छ ।

समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय निवर्तमान सभापति गोबिन्द खनालले दलहरुले सहि भूमिका खेल्न नसेको आरोप लगाउनुभयो ।

उहाँले ठूला दलहरुकै कारण बितृष्णा फैलिएको उल्लेख गर्दै राष्ट्रिय उत्सव,लोकतन्त्र की जनयुद्ध दिवस भन्ने बारेको बिबादलाइ साझा बिन्दुमा ल्याएर टुंगाउनुपर्ने बताउनुभयो ।सो अबसरमा नेपाली कांग्रेस युवा नेता प्रजापाल गिरीले सरकारले लोकतन्त्र दिवसलाइ महत्व नदिएको आभाष भएको बताउनुभयो ।

एमाले युवा नेता बाबुराम पन्थीले आजको दिनमा सरकारले सार्बजनिक बिदा दिनुपर्ने धारणा राख्नुभयो । नेकपाका बिरेन्द्र बिकले जनयुद्ध दिवसबारेको गलत ब्याख्या नगर्न सरोकारवालाइ आग्रह गर्नुभयो । उहाँले सबैले सबैखाले दिवस मनाउन पाउनुपर्ने उल्लेख गर्नुभयो ।

शान्ति समाज रुपन्देही शाखा उपसभापति कपिल ज्ञवालीले २ पृष्ठको अवधारणा पत्र प्रस्तुत गर्दै अहिले देखिएका सबैखाले विकृतिहरूलाई अन्त्य गरि राजनीतिलाई विकासमुखी बनाउन र सुशासनको अनुभुति दिनुपर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार तथा राससका पूर्व अध्यक्ष डा बालकृष्ण चापागाइले जनयुद्ध वा लोकतन्त्र दुबैको महत्व आ–आफ्नै रहेको तर्क गर्नुभयो ।

सो अबसरमा,पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देही अध्यक्ष रेखा भुसाल,सञ्चारिका समूह लुम्बिनी रुपन्देही अध्यक्ष निरु गौतम, होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारी, लेखक ऋषि आजाद ,अधिकारकर्मी रिता सेन ओली, समाजका सचिव कृष्ण पाण्डे सदस्य अर्जुन कुवर,सीता पौडेल, प्रकाश भट्रराइ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा करिब ९० जनाको सहभागिता रहेको थियो । समाजले बर्तमान सरकारले गरेका कतिपय निर्णयहरू राष्ट्र हितमा नभएको जनाएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij