JanataToday.com

Advertisment

SKIP THIS

यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।

नेपालले समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न जोर्डनलाई हराउनैपर्नेछ । इरान र जोर्डनबीच हुने अन्तिम खेलमा पनि नेपालको अनुकूल नतिजा आउनुपर्नेछ । बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

समूह चरणको खेलपछि धेरै अंक जोड्ने टोली समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता दोस्रो चरणमा पुग्नेछन्, जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कपमा स्थान बनाउनेछन् ।

आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij