अयाेग्य लडाकुलाई पैसा बाँड्ने निर्णयबारे संसद्लाई जानकारी गराइयाेस् : प्रदीप पाैडेल

अयाेग्य लडाकुलाई पैसा बाँड्ने निर्णयबारे संसद्लाई जानकारी गराइयाेस् : प्रदीप पाैडेल

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादीका अयोग्य लडाकुलाई दुई/दुई लाख रुपैयाँका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाैडेलले आर्थिक सङ्कटकाे बेला सरकारले संसद् छलेर यस्ताे निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले यसबारे संसद्लाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अयोग्य लडाकुलाई दुई/दुई लाख रुपैयाँ दिने निर्णय भएको भन्ने कुरा विभिन्न माध्यमबाट बाहिर आइरहेको छ । यस्तो आर्थिक सङ्कटको बेलामा अपारदर्शी ढङ्गले संसद् छलेर यो निर्णय गर्नु स्वाभाविक होइन । त्यस कारण म सर्वप्रथम सभामुखमार्फत सरकारलाई माग गर्न चाहन्छु– यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस् ।’

सांसद पौडेलले आर्थिक सङ्कटमा सरकारले अपारदर्शी ढङ्गले बजेट खर्च गर्न नमिल्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij