एउटै विधेयक पारित नगरी संसद् बैठक अन्त्य

एउटै विधेयक पारित नगरी संसद् बैठक अन्त्य

काठमाडौँ – प्रतिनिधिसभाको पहिलो अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ । गत पुस २५ देखि वैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित नगरी बैठक अन्त्य भएको हो । बैठक राति १२ बजेबाट अन्त्य भएको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार संसद् बैठकमा पेस भएका केही विधेयकलाई सम्बन्धित समितिमा पठाइएको तथा राष्ट्रियसभाबाट उत्पत्ति भई आएका विधेयकहरूमाथि दफावार छलफल भने सम्पन्न भएका छन् । तर, झन्डै ४ महिनासम्म चलेको संसद्ले कुनै पनि विधेयक भने पारित गर्न सकेन ।

‘यस अवधिमा प्रतिनिधि सभामा उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ,’ विधेयक सम्बन्धी पहिलो अधिवेशनले गरेको काम कारबाहीका बारेमा भनिएको छ ।

राष्ट्रियसभाबाट उत्पत्ति भएर आएका विधेयकमाथिको दफावार छलफल भने पहिलो अधिवेशनमा सम्पन्न भएको छ । ‘राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ,’ पहिलो अधिवेशनमा भएको काम कारबाहीको विवरण सार्वजनिक गर्दै सचिवालयले भनेको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij