JanataToday.com

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कप क्रिकेट:कुवेतसँगको खेलमा नेपाल टस हारेर ब्याटिङमा

एसीसी प्रिमियर कप क्रिकेट:कुवेतसँगको खेलमा नेपाल टस हारेर ब्याटिङमा

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुग्न आज नेपालले कुवेतसँग र यूएईले ओमानसँग खेल्दैछन् । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दैछ । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

अस्ति भएको खेलमा नेपालले कतारलाई हराएर समूह ‘ए’ को विजेता बन्दा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण साउदी अरेबियासँग अङ्क बाँडेको थियो ।

यस्तै, अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमानसँग खेल्दैछ । यो खेल मूलपानी मैदानमा हुँदैछ । ओमानले टस जितेर फिल्डिङ राेजेकाे छ । याे खेलसँगै मूलपानी मैदानले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छ ।

आज जित्ने टोलीले उपाधिका लागि सोमवार कीर्तिपुर मैदानमा खेल्नेछन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij