राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतवार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

बैठक नयाँ बानेश्वरकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वैशाख २४ गते दिउँसाे ४ बजे आह्वान गरिएको सङ्घीय संसद् सचिवालयले जनाएकाे छ । प्रतिनिधि सभाका सांसद र राष्ट्रिय सभाका सदस्यलाई तोकिएको मिति, समय र ठाउँमा त्यस दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले निकाल्नुभएकाे सूचनामा उल्लेख छ ।

बर्खे अधिवेशनका रूपमा रहेको यस अधिवेशनको सुरुमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आय–व्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : बुधबार, बैशाख २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij