प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं : संवैधानिक परिषद्को बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साँझ ६ बजेका लागि बैठक बोलाएका हुन्।

 

परिषद्को बैठक बोलाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएको थियो ।

सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ। यसअघि वैशाख ६ गते बसेको परिषद्‍को बैठकमा छलफल भए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन।

उपसभामुख इन्दिरा राना मगरले सोमबारको बैठक अघिल्लो बैठकको निरन्तरता भएको बताएकी छिन्। बैठकका अन्य कार्यसूचीबारे केही नभनिएको उनले बताइन्।

सर्वोच्च अदालत केही महिनादेखि नै कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको छ। यसका कारण संवैधानिक परिषद्‍लाई प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब छ।

परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : सोमबार, बैशाख २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij